कान्तिपुर पब्लिकेहनका अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

कान्तिपुर पब्लिकेहनका अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

अर्थ चौतारी

कान्तिपुर पब्लिकेहनका अध्यक्ष कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

A A- A+

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ।धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सिरोहियालाई आज म्याद थपका लागि अदालत उपस्थित गराइने डिएसपी रञ्जन अवाले जानकारी दिए।

अदालतमा आजै उपस्थित गराएर म्याद थप गर्छौं र अनुसन्धान सुरू गर्छौं,’ उनले भने।सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मं‌गलबार साँझ पक्राउ गरेको। उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुर मिडिया ग्रुपको थापाथलीस्थित कार्यालयमा पुगेको थियो।जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको हो।

उनको नागरिकता नम्बर अर्को एक जना व्यक्तिसँग मिलेको र फरकफरक ठाउँमा फरकफरक नागरिकता पेश गरेको हुँदा पक्राउ गरिएको डिएसपी अवाले बताए।सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो।पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए।

 

यसअघि जाहेरी परेको खबर बाहिरिएपछि सिरोहियाले विज्ञप्ति जारी गरेका थिए।उनले राज्यले २०३३र२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए। त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए।सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए। त्यसको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ।यस्तै गत बुधबार पनि सर्वोच्चमा पक्राउ आदेश बदर गरिपाऊ भन्दै रिट निवेदन दिएका थिए। यद्यपि उक्त रिट मंगलबार दर्ता भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?