काठमाडौं, भदौ २८ । सङ्घीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै छ। जसअन्तर्गत अहिले बिहान ११ बजे सुरु भएको पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल भइरहेको छ ।
अहिले बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिने कार्यसूची रहेको छ। त्यस्तै समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषय र विविध विषयमा छलफल हुनेछ।
त्यसैगरी, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि दफावार र विविध विषयमा छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच