कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार, ७ जना मन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार, ७ जना मन्त्री थपिए

अर्थ चौतारी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार, ७ जना ...

A A- A+

कोशी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्।शुक्रबार कार्कीले ७ जना मन्त्री र २ राज्यमन्त्रीसहित सरकार विस्तार गरेका हुन्।

 

विस्तारित मन्त्रिमण्डलमा एमाले र माओवादी सांसदहरू सामेल छन्। जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर नियुक्त भएका छन्। आर्थिक मामिलामा नेकपा माओवादी केन्द्रले पनि दाबी गरेको थियो। तर, मुख्यमन्त्री कार्कीले माओवादीलाई उक्त मन्त्रालय दिन अस्वीकार गरेका छन्।माओवादीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाएको छ। गणेश उप्रेतीले उक्त मन्त्रालय सम्हाल्ने भएका छन्।

 

त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्। उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैले राखेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?