काठमाडौं– आइसीसीले विश्व टेस्ट च्याम्पियनसिप फाइनलको मिति तय र खेल हुने स्थान तय गरेको छ । आइसीसीले जारी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल २०२५ को जुन ११ देखि १५ सम्म ईङल्याण्डको लर्ड्स मैदानमा हुने भएको छ । त्यस्तै आवश्यक परेमा जुन १६ लाई रिजर्भ डे को रूपमा प्रयोग गर्न सकिने आइसीसीले जनाएको छ ।
यस अघि २०२१ र २०२३ मा पनि टेस्ट च्याम्पियनसिपको फाइनल खेल ईङल्याण्डमा नै खेलिएको थियो । २०२१ मा साउथहम्पटनमा र २०२३ मा द ओभल मैदानमा खेलिएको थियो ।
आइसीसीको टेस्ट च्याम्पियनसिपको फाइनलमा शीर्ष स्थानमा रहेका दुई देश बीच हुने छ । अहिलेसम्म शीर्ष दुई स्थानमा भारत र अस्ट्रेलिया रहेका छन् ।टेस्ट च्याम्पियनसिपको पहिलो संस्करण न्यूजील्याण्डले जितेको थियो भने दोस्रो संस्करण अस्ट्रेलियाले जितेको थियो । दुवै संस्करणमा उपविजेता भने भारत रहेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच