ओली–देउवाविरुद्ध नाराबाजी गर्न रास्वपाले घुसपैठ गरेको सांसद बजगाईँको आशंका, धार्मिक सहिष्णुता भंग गर्न खोजेको आरोप

ओली–देउवाविरुद्ध नाराबाजी गर्न रास्वपाले घुसपैठ गरेको सांसद बजगाईँको आशंका, धार्मिक सहिष्णुता भंग गर्न खोजेको आरोप

अर्थ चौतारी

ओली–देउवाविरुद्ध नाराबाजी गर्न रास्वपाले घुसपैठ गरेको सांसद बजगाईँको आशंका, ...

A A- A+

काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको गौरा पर्वको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको घुसपैठ भएको आशंका व्यक्त गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै उनले रास्वपाले धार्मिक सहिष्णुता भंग गर्न खोजेको टिप्पणी गरे ।

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा ओली–देउवाविरुद्ध नारा लगाउने दुई जना प्रहरी नियन्त्रणमा छन् । रास्वपा नेता एवं सांसद हरि ढकालले उनीहरुको तत्काल रिहाइको माग गरेका थिए ।

‘प्रतिपक्षीको रोमा बसेका सांसद साथीहरुले गौरा पर्वको अवसरमा टुँडिखेलमा प्रदर्शन गर्ने साथीहरुको रिहाइको माग गर्नुभयो । दलका साथीहरुको पनि त्यहाँ उपस्थिति देखियो भनेर पत्रपत्रिकामा आएको छ । गौरा पर्वमा आक्रमण गरेको कि प्रधानमन्त्री, नेपाल सरकारका साझेदार पूर्व प्रधानमन्त्रीमाथि आक्रमण गरेको ? धार्मिक सहिष्णुता भंग गर्ने गतिविधिको लागि जुन दल छ, त्यो दलमाथि म प्रश्न गर्न चाहन्छु,’– सांसद बजगाईँले भने ।

साथै, रास्वपाका सहमहामन्त्रीले आफूलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का डीजी प्रदीप अधिकारीलाई जोगाइदिन भन्दै आग्रह गरेको उनले दाबी गरेका छन् । ‘रवि लामिछानेजीको दलको निर्वाचन क्षेत्रको मान्छे क्यानका डीजीलाई जोगाउनुपर्यो भनेर अचानक म कहाँ आइपुग्नुभयो । उहाँ त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्छ । यो द्वैत चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग हाम्रो यत्रो आशा, भरोसा छ भनेर भनिएको छ । यस्तो डबल स्ट्याण्डर्ड हाम्रो यो देशमा नयाँ पार्टीबाट हुन्छ भनेर कहिले पनि कल्पना गरेको थिइनँ,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?