जसपा नेपालमा जति ठूलो गद्दारी, त्यति ठूलो पदः पूर्ण बस्नेत

जसपा नेपालमा जति ठूलो गद्दारी, त्यति ठूलो पदः पूर्ण बस्नेत

अर्थ चौतारी

जसपा नेपालमा जति ठूलो गद्दारी, त्यति ठूलो पदः पूर्ण ...

A A- A+

काठमाडौं, १२ भदौ । पदाधिकारी चयनको विषयलाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र असन्तुष्टि चुलिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले विधि, पद्धति मिँचेर आफूलाई मन परेका मान्छेमात्रै पदाधिकारीमा चयन गरेको जसपा नेपालका नेताहरुको आरोप छ ।

यसअघि जसपा नेपाल प्रचार विभाग प्रमुख भएर काम गरेका पूर्ण बस्नेतले जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनपछि कुनै जिम्मेवारी नपाएकोमा असन्तुष्टि व्यक्त गरका छन् । उनले पार्टी परित्याग गर्छु भनेर धम्क्याउने लाक्पा शेर्पा र पार्टी काम लाग्दैन भन्दै हिँड्ने राजकुमार राईलाई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिँड्ने विद्युत बज्राचार्य उपाध्यक्ष, पार्टी विभाजनका परिकल्पनाकार र योजनाकार रकम चेम्जोङलाई सहअध्यक्ष बनाएको भन्दै आपत्ति जनाएका छन् । जसपा नेपालमा जति ठूलो गद्धारी त्यति ठूलो पद पाइने भन्दै उनले व्यङ्ग्य गरेका छन् ।

‘पार्टी परित्याग गर्छु भन्दै धम्क्याउदै हिड्ने लाक्पा शेर्पा सचिव, यो पार्टी काम लाग्दैन तपाईं (जुद्ध ढाक्रेलाई) घोषणापत्र लेख्नुस्, म विधान लेख्छु, भनेर लागेका राजकुमार राई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिडेका विद्युत बज्राचार्य उपाध्यक्ष, जसपा नेपाल फुटाएर जसपा पार्टी बनाउने मुख्य परिकल्पनाकार र योजनाकार रकम चेम्जोङ सह( अध्यक्ष । जसपा नेपालमा जति ठूलो गद्दारी त्यति ठूलो पद,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?