रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे २२ बाख्रा

रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे २२ बाख्रा

अर्थ चौतारी

रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्कियोः किचिएर मरे ...

A A- A+
काठमाडौं–रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन् ।  बुधवार धितालको घर भत्किँदा २२ बाख्रा किचिएर मरेका हुन् । घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए ।उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्किँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए । घरपरिवार अस्थायी आवास (टहरो)मा बसेकाले मानवीय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए । –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?