गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब

A view of the rubble of buildings hit by an Israeli airstrike, in Gaza City, Tuesday, Oct. 10, 2023. Israel has launched intense airstrikes in Gaza after the territory's militant rulers carried out an unprecedented attack on Israel Saturday, killing over 900 people and taking captives. Hundreds of Palestinians have been killed in the airstrikes. AP/PTI(AP10_10_2023_000241B)

गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब

अर्थ चौतारी

गाजा सम्झौताका लागि बाइडेनद्वारा नेतान्याहुलाई दबाब

A A- A+

वासिङ्टन, ६ भदौ । मध्यस्तकर्ताहरूको आग्रहमा आयोजित गाजा युद्धविराम वार्ता अवरूद्ध भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हमाससँग गाजा युद्धविराम सम्झौताका लागि दबाब दिएका छन् ।

वार्ताका लागि गरिएका प्रयास सफल हुन नसकेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको भ्रमणलाई अन्त्य गरेको केही समयपछि बाइडेन र नेतान्याहुबीच टोलिफोनमा कुराकानी भएको हो ।

मध्यपूर्वमा तनाव बढ्दै जाँदा अमेरिकी कुटनीतिज्ञ स्वदेश फिर्ता हुनुले तत्काल थप वार्ताको सम्भावना देखिँदैन ।

यद्यपि, सामाजिक सञ्जाल एक्समार्फत बाइडेनले युद्धविराम र बन्धक मुक्तिको सम्झौता बन्द गर्नुपर्ने जनाउदै बाँकी अवरोध हटाउन आगामी कायरो वार्ताबारे छलफल गरेको जनाएका छन् ।

तेहरानले हमासका शीर्ष नेताको हत्याको बदला लिने धम्की दिएपछि उनले नेतान्याहुसँग इरान र यसको आङ्कवादी समूहबाट हुने खतराविरुद्ध अमेरिकाले इजरायलको रक्षा र समर्थन गर्ने बताए ।

ह्वाइट हाउसले पनि अमेरिकी राष्ट्रपति बाइडेनले सम्झौतामा पुग्न ‘तत्काल जोड दिएको’ जनाएको छ । उपराष्ट्रपति कमला ह्यारिसले पनि फोनमा नेतान्याहुसँग कुराकानी गरेको स्रोतले जनाएको छ ।

एक्सियोस समाचारका अनुसार बाइडेनले नेतान्याहुलाई अमेरिका, इजिप्ट र कतारले मध्यस्थता गरिरहेको वार्तामा थप लचिलो हुन दबाब दिएका छन् ।

गत अक्टोबरमा हमासले गरेको आक्रमणपछि बाइडेन प्रशासनले इजरायलको समर्थनका लागि नेतान्याहूलाई सहयोग गर्दै प्यालेस्टिनी लडाकू समूहलाई निश्क्रय पार्न सैन्य सहायता प्रदान गर्दै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?