इरानमा पाकिस्तानी तीर्थालु बोकेको बस पल्टिदा २८ जनाको मृत्यु

इरानमा पाकिस्तानी तीर्थालु बोकेको बस पल्टिदा २८ जनाको मृत्यु

अर्थ चौतारी

इरानमा पाकिस्तानी तीर्थालु बोकेको बस पल्टिदा २८ जनाको मृत्यु

A A- A+

काठमाडौं । पाकिस्तानी तीर्थालुहरु बोकेको एक बस इरानमा पल्टिदा २८ जनाको ज्यान गएको छ  बेलायती विश्व च्यानल बीबीसीका अनुसार मङ्गलवार इरानको मध्य भागको प्रान्त यात्जमा दुर्घटना हुनुको कारण ब्रेक प्रणालीको खराबी भएको बताइएको छ । इरानी सरकारी मिडियाहरूलाई साभार गरेर बीबीसीले उल्लेख गरे अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् । शिया मुसलमानहरूले मनाउने प्रमुख चाडको लागि इराकमा भएको धार्मिक धाम कार्बलामा जाने क्रममा त्यस्तो दुर्घटना भएको बताइएको छ ।बीबीसीले इरानमा सवारी दुर्घटनाबाट ज्यान जानेको संख्या धेरै भएको बताउँदै वर्षमा औसत २० हजार जनाको ज्यान जाने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?