पूर्वराष्ट्रपति भण्डारी भन्छिन् ‘राष्ट्रका लागि दिएको योगदानको मूल्यांकन गर्नुपर्छ’

पूर्वराष्ट्रपति भण्डारी भन्छिन् ‘राष्ट्रका लागि दिएको योगदानको मूल्यांकन गर्नुपर्छ’

अर्थ चौतारी

पूर्वराष्ट्रपति भण्डारी भन्छिन् ‘राष्ट्रका लागि दिएको योगदानको मूल्यांकन गर्नुपर्छ’

A A- A+

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताएकी छन्।

शनिबार बामपन्थी नेता पूर्वसांसद, गणेश पण्डितको ‘स्मृति ग्रन्थ’ लोकार्पण कार्यक्रममा उनले समाज र राष्ट्रका लागि योगदान गर्नेहरूको मूल्यांकन सन्दर्भ अनुसार गर्नुपर्ने भन्दै त्यसमा पण्डितलाई पनि महत्वका साथ राख्नुपर्ने बताइन्।

उनले भनिन्, ‘कुनैपनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदानको घनत्वलाई समय र सन्दर्भ अनुसार मापन र मूल्यांकन गर्नुपर्छ। गणेश पण्डितको मूल्यांकन पनि यही कोणबाट गरिनुपर्छ।’

उनले गणेश पण्डितले व्यक्तिगत लाभका धेरै अवसर हुँदा पनि जनपक्षको राजनीतिमा यातना भोगेर सक्रियताका साथ अगाडि बढेको भन्दै उनको यात्राबाट वर्तमान राजनीतिज्ञहरूले शिक्षा लिनुपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?