काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३५ वर्षीय सुमन ज्ञवाली रहेका छन् । उनले वैदेशिक रोजगारमा क्यानडा पठाइदिन्छु भन्दै पीडितहरूबाट २७ लाख रुपैयाँ लिए पश्चात् विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरूले दिएको जाहेरी अनुसार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएर प्रहरी टोलिले बिहीबार गोङ्गबुबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच