हालसम्मकै उच्च मूल्यको सेयर कारोबार

हालसम्मकै उच्च मूल्यको सेयर कारोबार

अर्थ चौतारी

हालसम्मकै उच्च मूल्यको सेयर कारोबार

A A- A+

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढेसँगै आइतबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । यस दिन २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । गएको साताको मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त दिनसम्म त्यो नयाँ रेकर्ड थियो । आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा बन्द भएको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ । १५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ । नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूक बढेको छ । लगानी, माइक्रोफाइनान्स र जीवन बिमा समूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?