अमेरिकी डलरको भाउ बढेको बढ्यै, अन्य देशको मुद्राको भाउ कति ?

अमेरिकी डलरको भाउ बढेको बढ्यै, अन्य देशको मुद्राको भाउ कति ?

अर्थ चौतारी

अमेरिकी डलरको भाउ बढेको बढ्यै, अन्य देशको मुद्राको भाउ ...

A A- A+

काठमाडौँ / पछिल्लो केही दिन यता अमेरिकी डलरको भाउ बढेको बढ्यै छ । निरन्तर बढीरहेको अमेरिकी डलरको भाउ आज एकको खरिदमा १३४ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६४ पैसा पुगेको छ ।

बुधबार खरिदमा १३४ रुपैयाँ ३ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको डलरको भाउ आज बढेको हो।

यता, युरोपियन युरोको भाउ भने घटेको छ। यसअघि एकको खरिद दर १४६ रुपैयाँ १९ पैसा र बिक्री दर १४६ रुपैयाँ ८५ पैसा रहेको युरोलाई आज खरिदमा १४६ रुपैयाँ ३९ पैसा र बिक्रीमा १४७ रुपैयाँ ०५ पैसा पर्नेछ ।

यसैगरी, अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । यसअघि खरिदमा ८६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ८७ रुपैयाँ २६ पैसा कायम भएको अष्ट्रेलियन डलरको आज खरिदमा ८८ रुपैयाँ १० पैसा र बिक्रीमा ८८ रुपैयाँ ४९ पैसा पुगेको छ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९७ रुपैयाँ २९ पैसा तोकिएकोमा आज बढेर खरिदमा ९७ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

यता, जापानिज येनको भाउ भने घटेको छ । यसअघि १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९ रुपैयाँ २६ पैसा रहेकोमा आज घटेर १० को खरिद मूल्य ९ रुपैयाँ १० पैसा र बिक्री मूल्य ९ रुपैयाँ १४ पैसामा झरेको छ ।

यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६७ पैसा र बिक्रीमा १८ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

मलेसियन रिंग्गिट एकको खरिदमा २९ रुपैयाँ ८१ पैसा र बिक्रीमा २९ रुपैयाँ ९४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९ रुपैयाँ ७९ पैसा पर्नेछ ।

त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४३८ रुपैयाँ १४ पैसा र बिक्री दर ४४० रुपैयाँ १० पैसा कायम गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?