बंगलादेशमा आन्दोलन पुनः चर्किएपछि नेपाली दूतावासले भन्यो– अधिकतम सतर्कता अपनाउनोस्

बंगलादेशमा आन्दोलन पुनः चर्किएपछि नेपाली दूतावासले भन्यो– अधिकतम सतर्कता अपनाउनोस्

अर्थ चौतारी

बंगलादेशमा आन्दोलन पुनः चर्किएपछि नेपाली दूतावासले भन्यो– अधिकतम सतर्कता ...

A A- A+

काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । बंगलादेशमा जारी कोटाविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बनेपछि दूतावासले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

“बंगलादेशमा जारी कोटाविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बंगलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बंगलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,” दूतावासले भनेको छ ।

दूतावासले बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किइसकेको समेत जनाएको छ । हाल बाँकी करिब ४०० विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले उल्लेख गरेको छ ।

बंगलादेशमा रहेका नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा रहेको सूचनामा जनाइएको छ । “नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा सम्पूर्ण नेपालीहरूले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” दूतावासले भनेको छ । आवश्यक समन्वयका निम्ति दूतावासका ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?