काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रहरी नायव महानिरीक्षक (डीआइजी) मनोज केसीको सरुवाका सम्बन्धमा प्रश्न उठाएको छ । आइतबार प्रतिनिधि सभामा आकस्म्कि समयमा लिएर बोल्दै रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर प्रश्न गरे ।
‘…डिआइजी मनोज केसीलाई कसरी सरुवा गरियो ? विश्वासको मत लिएको दुई दिन भित्रमा सरुवा गरियो । किन ? के का लागि ? के उदेश्यका लागि ?’ सांसद ढकालले प्रश्न गरे गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट नेपाल प्रहरीको विशेष ब्यूरोका प्रमुख डीआईजी केसीलाई जिम्मेवारीबाट हटाएको थियो । केसीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्यूरोमा पठाइएको छ । केसीको दुई महिना नबित्दै सरुवा भएको हो । केसीको गत जेठ १६ गते ब्यूरोमा सरुवा भएको थियो ।कांग्रेसका एक महामन्त्रीले विगतमा इन्सपेक्टर सरुवाको विषयमा बोलेको स्मरण गर्दै उनले डिआइजी केसीको सरुवाको विषयमा बोल्न सक्ने कि नसक्ने भनेर समेत सांद ढकालले प्रश्न गरे । संसद बैठकमा बोल्दै रास्वपा सांसद हरि ढकालले विश्वासको मत लिएको दुई दिनभित्र अब्बल राष्ट्रसेवकको सरुवा गरिएको बताए ।कुन उद्देश्यका साथ केसीको सरुवा गरिएको हो भन्ने प्रश्न ढकालले राखेका छन् । उनले कांग्रेस महामन्त्री (नाम नलिईकन) लाई यो विषयमा सदनमा बोल्न चुनौती समेत दिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच