कोसीमा माओवादीका मन्त्रीले राजीनामा दिने, समर्थन फिर्ता नलिने

कोसीमा माओवादीका मन्त्रीले राजीनामा दिने, समर्थन फिर्ता नलिने

अर्थ चौतारी

कोसीमा माओवादीका मन्त्रीले राजीनामा दिने, समर्थन फिर्ता नलिने

A A- A+

विराटनगर । कोसीमा नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । आज नै मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तर सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।‌ यसबारे जानकारी दिन विराटनगरमा गरिएको पत्रकार सम्मेलनमा नेता आङ्बोले भने, "तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ ।" नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री छन् । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री छिन् । मुख्यमन्त्री कार्कीले समय दिएलगत्तै राजीनामा बुझाउने तयारी रहेको एक मन्त्रीले बताए । केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्नुपर्ने दबाबमा थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषय भने खुलाइएको छैन । यसबारे छलफल गरेर मात्र निर्णय लिइने माओवादी संसदीय दलले जनाएको छ । कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?