सुनको मूल्यमा ठूलो गिरावट, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा भइरहेको छ कारोबार ?

अर्थ चौतारी

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा भइरहेको छ कारोबार ?

A A- A+

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन १ लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन १ लाख ४७ हजार चार सय र तेजावी सुन १ लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?