कुलेश्वरमा तीन पैदल यात्रुलाई ठक्कर दिएका कार चालकले खाएका थिए लागुऔषध

कुलेश्वरमा तीन पैदल यात्रुलाई ठक्कर दिएका कार चालकले खाएका थिए लागुऔषध

अर्थ चौतारी

कुलेश्वरमा तीन पैदल यात्रुलाई ठक्कर दिएका कार चालकले खाएका ...

A A- A+

काठमाडौं । काठमाडौंको कुलेश्वरमा सोमबार साँझ तीन पैदल यात्रुलाई ठक्कर दिएको कारका चालकले लागुऔषध सेवन गरेको पाइएको छ घटनापछि कार चालक भुपेन्द्र श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा उनले औषधिजन्य लागुऔषध बेन्जोडियाजेपाइन्स सेवन गरेको पाइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । प्रहरीले कारभित्रबाट नाइट्राभेट पनि बरामद गरेको छ । ४८ वर्षीय श्रेष्ठले चलाएको कारले विपरीत लेनमा गएर सडक पेटीमा हिँडिरहेको अवस्थामा भारत घर भई कुलेश्वर बस्दै आएका तीन जनालाई ठक्कर दिएको थियो । घाइतेको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?