काठमाडौँ । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । आइतबार एक सूचना जारी गर्दै बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको हो । केन्द्रीय बैंकबाट गत २९ अक्टोबर, २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई पुनः दरखास्त आह्वान गरेको सूचनामा उल्लेख छ । योग्य आवेदनले एकल चरण दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन हाल्नुपर्नेछ । राष्ट्र बैंक मुद्रण विभागका अनुसार योग्य छनोटमा परेका आवेदकले ४ सेप्टेम्बर, २०२४ दिनको १२ बजेसम्म (४६ दिन) आवेदन दिन सक्नेछन् । छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गई ढुवानी समेत गरिसक्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । आवेदक कम्पनीले धितोको रूपमा २ करोड ७५ लाख रुपैयाँ राख्नुपर्नेछ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच