आफ्नो स्थापना दिवसको अवसर पारेर भरतपुरको टेलिकम वर्कर्स युनियनले गर्यो आदर्श गृहमा भोजन सेवा

आफ्नो स्थापना दिवसको अवसर पारेर भरतपुरको टेलिकम वर्कर्स युनियनले गर्यो आदर्श गृहमा भोजन सेवा

अर्थ चौतारी

आफ्नो स्थापना दिवसको अवसर पारेर भरतपुरको टेलिकम वर्कर्स युनियनले ...

A A- A+

चितवन- स्थापना दिवसको अवसरमा नेपाल टेलिकम वर्कर्स युनियनले भरतपुरको आदर्श गृहमा भोजन खुवाएको छ । टेलिकम वर्कस युनियनको ३३ औं स्थापना दिवस र ४२ औं विपी स्मृति दिवसको अवसर पारेर केन्द्रमा रहेका असाहय बालबालिकालाई भोजनको ब्यवस्था गरेको हो । नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

युनियनका अध्यक्ष सुरेश अधिकारले विगतमा पनि समाजिक सेवाको कार्यक्रम गरेको बताउँदै रचनात्मक काम गरेको बताए । ‘ हामीले मजदुरको आन्दोलन मात्रै होईन , समाजीक सेवाको कामलाई पनि प्राथमिकता दिएका हौ , ’ उनले भने , ‘ आफ्ना साथीसंगै समाज परिवर्तनको सन्देश दिन खोजेका हों । ’

काँग्रेस नेता गुरुराज घिमिरेले एकताको बलियो सुत्र समाज सेवा मात्रै भएको बताए । असाय बालबालिकालाई भोजन गराएको कामको प्रसंसा गर्दै उनले समाजसेवा र परोपकारले समाजलाइृ जोडेको बताए । राजनिति , धर्म र जातले समाजमा द्धन्द्ध सिर्जना गरेको उदाहरण दिदैं नेता घिमिरेले समाज सेवाले एकता गराएको दावी गरे । ‘ हरेक पक्षले समाजलाई तोड्दिएका छन् । परोपकारी भावले मात्रै हो समाजलाई जोड्ने , ’ उनले भने , ‘ समाज सेवामा केवल परोपकार मात्रै हुन्छ । यसैले समाजलाई एक बनाउँछ । मानवतावादको बाटो जसले हिड्छ उसैले समाज परिवर्तन गर्छ । ’

कार्यक्रममा वागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीले समाजको परिवर्तनमा हरेक समुदाय उत्तिकै जिम्मेवार हुनुपर्ने बतए । विपी कोइरालाले पनि समाजवादको सिद्धान्तबाट देशको परिवर्तनका संभव रहेको कुराको स्मरण गराउँदै राजनितिलाइृ त्यसैमा केन्द्रित गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । नेपाल ट्रेड युनियन काँग्रेस वरिष्ठ उपाध्यक्ष एवं नेपाल टेलिकम वर्कर्स युनियनल पूर्व केन्द्रिय सदस्य राजेन्द्रकुमार श्रेष्ठ , नेपाली काग्रेस चितवनका सदस्य हिरामणी अधिकारी , नेपाल ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा , आदर्श गृहकी संस्थापक मिन खरेलले शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?