माले । माल्दिभ्समा भईरहेको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले आज आफ्नो तेस्रो खेलमा घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ ।नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राती साँझ पाैने ५ बजे मालेस्थित सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ यसअघि भएका कमीकमजोरीलाई सच्याउँदै माल्दिभ्सविरुद्ध राम्रो प्रदर्शन गर्दै सेमिफाइनलको लागि तयारी गर्ने नेपालका प्रशिक्षक अर्जुन घिमिरेले बताए । ‘हाम्रो लागि आजको खेलभन्दा पनि सेमिफाइनल खेल महत्वपूर्ण हुनेछ । त्यसैले आजको खेल हाम्रो लागि सेमिफाइनलको तयारी जस्तै हुनेछ,’ घिमिरेले भने ।चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा कीर्गिस्तानसँग ३-० को सेटमा पराजित भएको थियो ।यस्तै माल्दिभ्सले पनि दुवै खेलमा हार बेहोरेको थियो ।च्याम्पियनसिपमा कीर्गिस्तान र श्रीलंकाको दुई जितबाट समान ४ अंक छ । नेपाल र माल्दिभ्सले कुनै अंक जोड्न सकेको छैन ।आजै राति कीर्गिस्तान र श्रीलंकाबीच पनि खेल हुनेछ । आजको दुई खेलपछि लिग चरणमा शीर्ष स्थानमा रहने र अन्य स्थानमा रहने टोलीको टुङ्गो लाग्नेछ ।लिगमा जस्तो नतिजा आए पनि चारै टोलीले सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलङ्गा लिगमा पहिलो हुनेले चौथोसँग र दोस्रो हुनेले तेस्रोसँग खेल्नेछ । सेमिफाइनल विजेताबीच फाइनल खेल हुनेछ ।
नेपाली टोली :
सलिना बुढा मगर, जेनिशा विश्वकर्मा (कप्तान), एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच