बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि…

बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि…

अर्थ चौतारी

बिहारमा प्यालेस्टाइनको झन्डा फहराइएपछि…

A A- A+

पटना- मुस्लिम धर्मालम्बीहरूले मान्ने पहिलो महिना अर्थात मुहर्रमको अवसरमा आयोजित जुलुसमा प्यालेस्टाइनको झन्डा फहराइएपछि विवाद भएको छ। भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लामा मुहर्रमका अवसरमा आयोजित र्‍यालीका क्रममा प्यालेस्टाइनको झन्डा फहराइएको हो । उक्त प्रकरणलाई लिएर विवाद बढ्दै गएपछि प्रहरीले एकजना व्यक्तिलाई गिरफ्तार गरेको छ । पूर्वी चम्पारणका पुलिस अधीक्षक कान्तेश कुमार मिश्राले बताएअनुसार मुहर्रमको जुलुसमा प्यालेस्टाइनको झन्डा फहराएको र हुलदंगा गरेको आरोपमा ती व्यक्तिलाई गिरफ्ता गरिएको छ । यह घटना पूर्वी चम्पारण जिल्लाकमो महेसी थाना इलाका भउको हो । पुलिसले पक्राउ परेका ती व्यक्तिसँग सोधपुछ गरिरहेको छ । मुहर्रम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो । यो वर्षको चार पवित्र महिनामध्ये एक पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?