सांसद गौतमको प्रश्न : मन्त्रिपरिषद् समावेशी किन भएन ?

सांसद गौतमको प्रश्न : मन्त्रिपरिषद् समावेशी किन भएन ?

अर्थ चौतारी

सांसद गौतमको प्रश्न : मन्त्रिपरिषद् समावेशी किन भएन ?

A A- A+

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नयाँ मन्त्रिपरिषद् समावेशी किन नभएको भनी प्रश्न गरेकी छन् ।सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै गौतमले संविधानले व्यवस्था गरेअनुरूपको महिला, दलित लगायतको प्रतिनिधित्व नभएको बताएकी हुन् ।उनले भनिन्, ‘संविधानले सुनिश्चत गरेको व्यवस्थासमेत सरकारले मानेको देखिएन । सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ?’सांसद गौतमले स्वार्थको द्वन्द्व हुनेखालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको उल्लेख गर्दै यसप्रति पनि सरकारको जवाफ माग गरिन् । उनले भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानबिनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।सांसद गौतमले मन्त्रीहरूलाई आफ्नो सम्पत्ति विवरण तत्काल सार्वजनिक गर्न पनि आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?