कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

अर्थ चौतारी

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

A A- A+

काठमाडौं – कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले उचालेको छ । फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गोल गर्दै उपाधि रक्षा गरेको हो ।निर्धारित समयभित्र अर्जेन्टिना र कोलम्बियाले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको छ । अतिरिक्त समयको १११ मिनेटमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरेका हुन्।अर्जेन्टिनाले उपाधि उचालेको खेलमा कप्तान लियोनल मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका थिए ।अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो ।अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि यो सँगै १६ पटक उचालेको छ । अर्जेन्टिना साविक विजेता हो । कोलम्बिया भने पहिलो पटक उपाधि उचाल्न चुकेको छ । २८ खेलमा लगातार अपराजित कोलम्बियालाई अर्जेन्टिनाले स्तब्ध पारेको हो ।कोलम्बिया अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १–० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको थियो । कोलम्बियाको अपराजित यात्रामा अर्जेन्टिना बाधक बनेको हो ।अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?