सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, चार जनाको अवस्था गम्भीर

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, चार जनाको अवस्था गम्भीर

अर्थ चौतारी

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, चार जनाको ...

A A- A+

काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। बुधबार बिहान पौने ११ बजे बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङस्थित राप्ति राजमार्ग अन्तर्गत दाङ९रूकुम सडकखण्डमा चल्ने बस दुर्घटनामा परेको हो।

रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले जानकारी दिए। उनका अनुसार घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। १० जना भने सामान्य छन्।

उनीहरूको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ। घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्‍डमा टोली खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?