काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा अङ्गका प्रमुखसँग सिमलताल बस दुर्घटना पछि खोजी कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले निजी निवास खुमलटारमा भेटेर सुरक्षा अङ्गका प्रमुखसँग बस दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्रीले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन समेत सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै उनले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद समेत व्यक्त गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्री प्रचण्डले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कर्मचारीतन्त्र र सुरक्षा निकायलाई अविचलित र अभिछिन्न रुपमा जनताको सेवामा लागि पर्न आग्रह समेत गरेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच