नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, कम्तीमा २१ जनाको मृत्यु

नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, कम्तीमा २१ जनाको मृत्यु

अर्थ चौतारी

नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, कम्तीमा २१ ...

A A- A+

नाइजेरिया । नाइजेरियाको उत्तरी मध्य राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यस रहेका कम्तीमा १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।नाइजेरियाली अखबार ‘पञ्च’ ले मृत्यु हुनेको सङ्ख्या १७ रहेको बताएको छ भने एएफपीले हालसम्म २१ जनाको मृत्यु भएको जनाएको छ। शुक्रबार बिहान राज्यको राजधानीमा रहेको सेन्ट एकेडेमी स्कुलको भवन भत्किँदा सो विद्यालयमा उपस्थित सयजना फसेका थिए । नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले सोसल मिडिया प्लेटफर्म एक्स मा लेखेको छ, ‘मृत्युको सही सङ्ख्या पुष्टि भइरहेको छ। हालसम्म भग्नावशेषमा फसेका ४० बालबालिकालाई उद्धार गरी अस्पताल पठाइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?