एमालेको प्रमुख सचेतकको चुनौती : क–कसको फाइल खोल्नुपर्ने हो, खोल्नुस्

नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीका सम्बन्धमा दिनुभएको जवाफ चित्त बुझ्दो नभएको तथा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै नेकपा (एमाले)का सचेतक महेश वर्ताैला। तस्बिर ः रत्न श्रेष्ठ/रासस

एमालेको प्रमुख सचेतकको चुनौती : क–कसको फाइल खोल्नुपर्ने हो, खोल्नुस्

अर्थ चौतारी

एमालेको प्रमुख सचेतकको चुनौती : क–कसको फाइल खोल्नुपर्ने हो, ...

A A- A+

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुन कुन फाइल खोल्नु छ खोल्न सरकारलाई चुनौती दिएका छन् ।कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ परेपछि बेचैनी बढेको बताएका थिए ।सोमबारको बैठकमा पनि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पनि बेचन झाको पक्राउले ठूला नेताहरुमा बेचैनी आएको बताएका थिए ।एमाले प्रमुख सचेतक बर्तौलाले भने अहिले पनि प्रधानमन्त्री र मन्त्री रहेको भन्दै ककसको फाइल खोल्नुपर्ने हो खोल्न चुनौती दिए । उनले भने, ‘मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, जति दिन पदमा रहनुहुन्छ खोल्नुस् ।’प्रमुख सचेतक बर्तौलाले भने, ‘धम्की मात्र दिएर पुग्छ ? आज खोल्छु भनेको फाइल किन खोल्नुभएन ? भोलि नयाँ सरकार बनेपछि यो सूचना दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?