बैंकहरूको एसेट क्वालिटी रिभ्यु : अडिटरले प्रस्ताव पेस गर्ने समय थप

बैंकहरूको एसेट क्वालिटी रिभ्यु : अडिटरले प्रस्ताव पेस गर्ने समय थप

अर्थ चौतारी

बैंकहरूको एसेट क्वालिटी रिभ्यु : अडिटरले प्रस्ताव पेस गर्ने ...

A A- A+

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट (एसेट क्वालिटी रि–भ्यु) सम्पत्तिको गुणस्तर परीक्षण गराउन प्रस्ताव पेस गर्ने समयावधि थप गरेको छ ।केन्द्रीय बैंकले आइतबार एक सूचना प्रकाशित सर्टलिस्टमा परेको अडिट फर्मलाई प्रस्ताव पेस गर्ने अवधि ८ दिन थप गरेको हो ।अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा सर्तअनुसार नेपालका १० ठूला वाणिज्य बैंकहरूको वाह्य लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण गर्न ५ लेखापरीक्षक ‘सर्टलिस्ट’ गर्दै प्रसताव पेस गर्न आह्वान गरेको थियो ।सर्टलिस्टमा परेकामध्ये कम्तिमा ५ वटा अडिट फर्मको प्रस्ताव परे मात्रै प्रक्रिया अगाडि बढ्छ । तर, ३ वटाको प्रस्ताव नआएको र सर्टलिस्टमा परेकाले केही प्राविधिक कारण देखाउँदै समय थप गर्न भनेपछि १५ जुलाईसम्म म्याद थप भएको हो ।राष्ट्र बैंकले नेदरल्यान्ड, भारत र पाकिस्तानका अडिट फर्मलाई सर्टलिस्ट गर्दै प्रस्ताव पेस गर्न भनेको थियो ।नेदरल्यान्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एन्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एन्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्स्, भारतको केपीएमजी एसुरेन्स एन्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एन्ड कम्पनी सर्टलिस्टमा परेका थिए ।राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने ५ लेखापरीक्षक फर्म सर्टलिस्टमा छनोट भएका थिए । जसमध्ये उनीहरूले पेस गरेको प्रस्तावको आधारमा एक फर्मलाई केन्द्रीय बैंकले १० वटा ठूला वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर परीक्षण गर्ने जिम्मा दिनेछ ।सन् २०२१ डिसेम्बर २२ मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको तर्फबाट अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।३८ महिनाका लागि ईसीएफअन्तर्गत नेपाललाई ३९ करोड ८८ लाख डलर सहयोग प्राप्त हुन्छ । यही सुविधा लिनका लागि अन्तर्राष्ट्रिय अडिट फर्मले नेपालका १० ठूला बैंकको ‘एसेट क्वालिटी रिभ्यु’ गर्ने सर्त उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?