अमेरिकामा स्वतन्त्रता दिवस मनाउने क्रममा विभिन्न ठाउँमा गोलीकाण्ड, ३३ जनाको ज्यान गएको पुष्टि

अमेरिकामा स्वतन्त्रता दिवस मनाउने क्रममा विभिन्न ठाउँमा गोलीकाण्ड, ३३ जनाको ज्यान गएको पुष्टि

अर्थ चौतारी

अमेरिकामा स्वतन्त्रता दिवस मनाउने क्रममा विभिन्न ठाउँमा गोलीकाण्ड, ३३ ...

A A- A+

संयुक्त राज्य अमेरिकाले २ सय ४८ औँ स्वतन्त्रता दिवस मनाउने क्रममा भएका घटनामा ३३ जनाको ज्यान गएको छ । पछिल्लो तीन दिनमा गोलीबारी र अन्य प्रकारका हिंसाले देशभरि कम्तीमा ३३ जनाको ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अमेरिकाले अस्ति जुलाई ४ तारिखमा स्वतन्त्रता दिवस मनाएको थियो । हिजो बिहान शिकागोमा मात्र गोलीकाण्डमा ११ जनाको ज्यान गएको थियो भने ५५ जना घाइते भएका समाचार संस्था एपीले जनाएको छ । स्वतन्त्रता दिवस मनाइरहेको अमेरिकालाई गोलीकाण्डका घटनाले स्तब्ध बनाएको खबरमा उल्लेख छ ।

यस्तै हिजो बिहान क्यालिफोर्नियाको हन्टिङटन बीचमा आतिशबाजी कार्यक्रम समाप्त भएपछि भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । यस्तै बोस्टनमा तीन वटा गोलीकाण्ड भएकोमा एक जनाको ज्यान गएको छ ।

अमेरिकामा विभिन्न सुखद घटनाहरूमा गोलीकाण्ड धेरै हुने गरेका छन् । यो वर्ष अर्थात् सन् २०२४ को पहिलो दिन भएका गोलीकाण्डमा १५ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?