प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

अर्थ चौतारी

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

A A- A+

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । त्यो सहमतिअनुसार एमालेले बुधबार मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।संविधानत् सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ , जबकी अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१), एकीकृत समाजवादी (१०) र अशोक राई नेतृत्वको जसपा (७) को गरेर ७९ मत मात्र छ ।उनको विपक्षमा नयाँ सरकार गठन गर्ने सहमति गरिरकेका कांग्रेस (८८) र एमाले (७९) गरी १६७ मत देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?