डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव

डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव

अर्थ चौतारी

डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : ...

A A- A+

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारले परीक्षा लिएर लाइसेन्स दिएका चिकित्सकहरूको क्षमतामा प्रश्न उठाउन नहुने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।मन्त्री यादवले सरकारले लिने परीक्षा जालझेल रहित रहेकाले चिकित्सक र नर्सहरू दक्ष रहेको बताए । उनले सरकारले चिकित्सकहरूसँग स्वच्छ रूपले परीक्षा लिने र नतिजा निकाल्ने गरेको पनि बताए । उनले देशभर खटिएका ५० हजारभन्दा बढी स्वयंसेविकाहरूको बारेमा राज्यले सोच्न आवश्यक रहेको बताए मन्त्री यादवले सरकारले पर्याप्त पुँजी खर्च गर्नसक्ने हो भने चिकित्सकलाई सरकारी अस्पतालमै मात्रै काम गर्ने नीति बनाइदिने भन्दै अहिलेको सरकारले दिने रकमले नपुग्ने अवस्था रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?