आचारसंहितामा रही मर्यादित पत्रकारिता गरौँ : अध्यक्ष बस्नेत

आचारसंहितामा रही मर्यादित पत्रकारिता गरौँ : अध्यक्ष बस्नेत

अर्थ चौतारी

आचारसंहितामा रही मर्यादित पत्रकारिता गरौँ : अध्यक्ष बस्नेत

A A- A+

काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडिया बचाउन नयाँ रणनीति ल्याउन आवश्यक रहेको बताएका छन् ।प्रेस काउन्सिल नेपाल र सञ्चारिका समूहको संयुक्त आयोजनामा भएको ‘न्यू मिडिया र पत्रकार महिला युट्युबसहित सामाजिक सञ्जालको पत्रकारिता प्रभाव’ विषयक अन्तक्रियामा उनले सो कुरा बताएका हुन् ।‘अहिले न्यु मिडियाका कारणले अन्य मिडिया संकटमा परेको छ । यो संकटबाट बचाउन, प्रिन्ट मिडियालाई छिटोछरितो तरिकाले पाठकबिच लैजान व्यवस्थापकले नयाँ रणनीति बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’ उनले भने । मर्यादित आचारसंहितामा रही मर्यादित पत्रकारिता गर्न उनले सुझाव दिए ।अन्नपूर्णपोष्टका सम्पादक अखण्ड भण्डारीले पछिल्लो समय मुलधारका मिडिया संकटमा परेको दावी गर्दै त्यसलाई डिजिटल मिडियाले बचाएको बताए । अवको १० वर्षमा पत्रिकाका पाठक ह्वात्तै घट्ने उनले दावी गरे ।मिडिया एड्भोकेसी ग्रुपकी अध्यक्ष अनिता विन्दुले एकिन तथ्यांक नभए पनि पछिल्लो समय न्यू मिडियाबाट पत्रकारिता गर्ने महिलाको संख्या बढ्दै गएको बताइन् । उनले भनिन् ‘न्यु मिडिया हाम्रो आधारभुत आवश्यकता बनेको छ । नेपाली पत्रकारितामा न्यू मिडियाका कारण महिलाको संख्या बढ्दो छ ।’पत्रकार निर्मला शर्माले सामाजिक सञ्जालमार्फत आएका सूचना तथ्य प्रमाणित गरेर मात्र समाचार लेख्न पत्रकारलाई आग्रह गरिन् । त्यस्तै, पत्रकार बबिता बस्नेतले नयाँ प्रविधिसँगै अगाडि बढेर पत्रकारितामा रहेका पत्रकार महिलाले आफ्नो क्षमता तिखार्न सधैँ तत्पर हुनुपर्ने धारणा राखीन् ।त्यस्तै, नारी म्यागेजिनकी सम्पादक उपासना घिमिरेले न्यु मिडियामा समाचार दिँदा संख्यात्मकभन्दा पनि गुणात्मक कुरामा ध्यान दिनुपर्ने बताइन् । महिला पत्रकारले आफ्नो क्षमता बृद्धि गर्नमा ध्यान दिनुपर्ने उनले सुझाव दिइन् ।सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले न्यू मिडियामा आफूलाई सुरक्षित राख्दै पत्रकारिता गर्नुपर्ने थुप्रै चुनौती रहेको उल्लेख गर्दै त्यसका लागि सधैँ तालिम र सचेतना जगाउने काम भइरहेको बताइन् ।सञ्चारिका समूहका पूर्वअध्यक्ष नितु पण्डीतले न्यू मिडियामा महिला पत्रकारले भोग्नु परेका चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनका अनुसार न्यू मिडियामा पत्रकारितामा महिलाले विभिन्न प्रकृतिका साइबर बुलिङ सहनु परेको छ । उनले म्याग संस्थाको रिपोर्टअनुसार ८८ प्रतिशत पत्रकार महिला डिजिटल हिंसामा परेका छन् ।इकान्तिपुर डटकमका सम्पादक दुर्गा खनालले अबको पत्रकारिता जीवन्त हुने आधार न्यू मिडिया रहेको भए पनि पत्रकारिताको मूल मर्म भुल्न नहुने बताए । कार्यक्रममा प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुषालसहित महिला पत्रकारको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?