आँप खानुअघि पानीमा किन भिजाउने ?

आँप खानुअघि पानीमा किन भिजाउने ?

अर्थ चौतारी

आँप खानुअघि पानीमा किन भिजाउने ?

A A- A+

आँपको सिजन छ । उपत्यकाबाहिरबाट आइरहेका यात्रुबाहक बस, हायसहरूमार्फत बोराका बोरा आँप भित्रिरहेको देख्न सकिन्छ । काठमाडौंमा अहिले अत्यधिक किनबेच भइरहेको फल पनि सम्भवतः आँप नै हो । आँपलाई फलफूलको राजा पनि भन्ने गरिन्छ । तराई क्षेत्रमा धेरै फल्ने आँप मन पराउनेहरू हिमाल र पहाडमा पनि धेरै छन् । नेपालमा मालदह, दशहरी, आम्रपाली, बम्बइ आँप धेरै रूचाइन्छ । यीमध्ये पनि मालदह आँप बजारमा बढी खोजिनेमा पर्छ ।

विज्ञहरूका अनुसार, आँप खानु केवल जिब्रोको स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । आँपमा फाइबर, भिटामिन, मिनिरल्स, एन्टिअक्सिडेन्टजस्ता तत्त्वहरू पाइन्छ ।

आँप खानुका फाइदा

-आल्सरेटिभ कोलाइटिस (आन्द्राको सुजन) कम हुन्छ ।
-पाचन स्वास्थ्य सुधार (विशेषगरी एमाइलेज जसले कार्बोहाइड्रेट तोड्छ) ।
-पोलिफेनोल्सले कब्जियतमा सहयोग गर्छ ।
-फलाम, जुन एनिमियाका लागि राम्रो हुन्छ ।
-भिटामिन 'सी' र भिटामिन 'ए' ले आँखा स्वस्थ, कोलेस्ट्रोल स्तर सन्तुलन राख्न र छालाको क्षति रोक्न मद्दत गर्छ ।
-भिटामिन 'बी' हुन्छ, जसले सेरोटोनिन स्राव गर्छ, जसले राम्रो निद्रामा सहयोग गर्छ।
-कोलन र स्तन क्यान्सर रोकथाम गर्छ ।

पकाएको आँप खाने विधि 

१) राम्ररी धुने

आँपलाई खाने बेलामा सफा राम्ररी पानीले धुनुपर्छ । यसले आँपको सतहमा रहेको धुँलो, फोहोर र केही कीटनाशक हटाउन मद्दत गर्छ ।

२) छिल्को हटाउने

आँपको छिल्को हटाएर मात्र खाने गर्नुपर्छ । धेरैजसो रसायन र कीटनाशक छिल्कामा हुने भएकाले छिल्को हटाउँदा सुरक्षित हुन्छ ।

३) पानीमा भिजाउने

आँपलाई खानुअघि १५-२० मिनेटसम्म सफा पानीमा भिजाउनुहोस् । यसले कीटनाशक र रसायनहरूको मात्रा कम गर्न मद्दत गर्छ ।

४) बेकिङ्ग सोडा प्रयोग गर्ने

पानीमा अलिकति बेकिङ्ग सोडा मिसाएर आँपलाई धुनुपर्छ । बेकिङ्ग सोडाले कीटनाशक र रसायन हटाउन मद्दत गर्छ ।

५) नुन पानीमा भिजाउने

नुन पानीमा आँपलाई १०-१५ मिनेटसम्म भिजाउनुहोस् । यसले पनि कीटनाशक कम गर्न सहयोग पुर्‍याउँछ ।

६) भिनेगर प्रयोग

पानीमा थोरै भिनेगर मिसाएर आँपलाई धुनुहोस् । भिनेगरले कीटनाशकको प्रभाव कम गर्न सहयोग गर्छ।

७) अर्ग्यानिक आँप छान्नुः

सकेसम्म अर्ग्यानिक रूपमा उब्जाएका आँप प्रयोग गर्नुहोस् । अर्ग्यानिक फलफूलमा कीटनाशकको मात्रा कम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?