एजेन्सी । बिहेका लागि शृङ्गार गरिरहेकी बेहुलीका लागि आफ्नै पूर्वप्रेमी काल बनेका छन् । बिहेकै दिन ती युवती पूर्वप्रेमीबाट मारिएकी हुन् । भारतको उत्तर प्रदेश राज्यको झांसीमा उक्त घटना भएको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश राज्यको दतिया जिल्लाको सोनागिरि थाना क्षेत्र अन्तर्गत बरगाउँ निवासी २२ वर्षीय काजलको बिहे झांसीका राज नाम गरेका युवकसँग तय भएको थियो ।झांसीकै निशा गार्डनमा वैवाहिक समारोह चल्दै थियो भने नातेदारहरू आउने क्रम सुरु भइसकेको थियो । जन्ती आउनुभन्दा केही अघि काजल बेहुलीको शृङ्गारका लागि बहिनी र केही साथीसँग ब्युटीपार्लर गएकी थिइन् । शृङ्गार अन्तिम चरणमा पुग्दै गर्दा ब्युटीपार्लरमा एक युवक फिल्मशैलीमा आइपुगे ।ती युवकले काजललाई बाहिर बोलाए तर उनी गइनन् । त्यसपछि युवकले उनीमाथि गोली प्रहार गरे । काजललाई तत्कालै अस्पताल लगियो । काजललाई चिकित्सकले मृत घोषणा गरे ।गोली प्रहार गर्ने युवक काजलकै पूर्वप्रेमी रहेको बताइएको छ । काजलकी बहिनी नेहाले भनिन्, ‘दिदी तयार हुँदै थिइ, यत्तिकैमा त्यो केटा आएर दिदीलाई बोलायो । दिदी बाहिर जान मानिन । सिसा फुटाएर भित्र पस्दै उसले दिदीलाई गोली हान्यो ।नेहाका अनुसार गोली हान्ने युवक उनीहरूकै गाउँ निवासी हो, जसको नाम दिपक हो । प्रहरीले गोली हानेर फरार भएका युवकको खोजी सुरु गरेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच