संविधान संशोधन गर्न आवश्यक छः प्रकाशशरण महत

संविधान संशोधन गर्न आवश्यक छः प्रकाशशरण महत

अर्थ चौतारी

संविधान संशोधन गर्न आवश्यक छः प्रकाशशरण महत

A A- A+

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन् ।बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।उनले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसकेको उल्लेख गर्दै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताएका छन् ।उनले राष्ट्रिय सहमति जुटाइ कांग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने बताए । उनले एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने बताएका हुन् ।‘पार्टी सभापतिले हाम्रो अधिवेशनमा त्यसलाई प्रवेश पनि गराइसक्नुभएको छ । अब हामीले संविधान संशोधनको विषयमा प्रवेश गर्नुपर्छ । समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्छ । अब त्यस बाटोमा नेपाली काँग्रेसले अभियान छेड्नुपर्छ । राष्ट्रिय सहमति जुटाउनु पर्छ । त्यो भनेको के हो भने ३३ प्रतिशत जुन केन्द्रमा महिला, प्रदेशमा, स्थानीयमा अझ बढी छन्’उनले भने,’यसलाई सुनिश्चित गर्न के गर्ने ? स्थानीयमा त प्रत्यक्ष निर्वाचन हुन्छ । त्यसकै माध्यमबाट आउँछ । केन्द्र र प्रदेशमा महिला उम्मेदवारले महिला उम्मेदवारसँगै प्रतिष्पर्धा गर्ने हुनुपर्छ । सिट रोटेशनमा हुनुपर्छ । एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुनुपर्छ । जुनसुकै पार्टीका होउन् । अर्को पल्ट अर्को एक तिहाई क्षेत्रमा फेरि महिला महिला बीच हुनुपर्छ । यसले राजनीतिक नेतृत्व विकसित गर्न मद्दत गर्दछ ।’प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताए । नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताए । उनले वर्तमान सरकारको अवस्था बेहाल रहेको बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?