बैतडीको एक बिध्यालयमा बिद्यार्थीहरु काँप्न थालेपछि..

बैतडीको एक बिध्यालयमा बिद्यार्थीहरु काँप्न थालेपछि..

अर्थ चौतारी

बैतडीको एक बिध्यालयमा बिद्यार्थीहरु काँप्न थालेपछि..

A A- A+

बैतडी । बैतडीको एक विद्यालयमा अध्ययनरत छात्राहरु काम्न थालेका छन्।जिल्लाको सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी मावि खैरकोटमा छात्राहरु काम्ने समस्याबाट पीडित बन्न पुगेका हुन्। लामो समयदेखि दिउँसोको समयमा एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्ने, लगायतका लक्षण विद्यार्थीमा देखा पर्ने गरेको छ।आइतबार मात्र पाँच जना किशोरीहरुमा यस्तो समस्या देखिएको र एक किशोरी सामान्य घाइते भएको समेत विद्यालयका सूचना अधिकारी अमरसिंह धामीले बताए। यसले पढाईमा बाधा पुगेको उनले बताए। सो विद्यालयमा अध्ययनरत करिब एक दर्जन किशोरीहरुमा काम्ने समस्या देखा परेको छ। सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले यस्तो समस्या विद्यालयमा मात्रै नभएर गाउँमा पनि देखिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?