बर्लिनमा राष्ट्रपति पौडेलको स्वागत, जर्मन राष्ट्रपतिसँग भेट्ने

बर्लिनमा राष्ट्रपति पौडेलको स्वागत, जर्मन राष्ट्रपतिसँग भेट्ने

अर्थ चौतारी

बर्लिनमा राष्ट्रपति पौडेलको स्वागत, जर्मन राष्ट्रपतिसँग भेट्ने

A A- A+
काठमाडौँ- जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ।समारोहमा उनले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे।‘जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु्’, पौडेलले भने।उनले आफूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे।उनले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नु आजको विश्वको साझा चुनौती रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनुपर्नेमा जोड दिए।उक्त अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा बर्लिनस्थित नेपालीले स्वागत गरेका थिए।राजदूत खड्काले जर्मनीमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराएका थिए।जर्मनीमा रहेको गैरआवासीय नेपाली सङ्घका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन पनि गरिएको थियो ।राष्ट्रपति पौडेलले आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाको भ्रमण गरेका थिए।राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन्।जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा बर्लिन पुगेका राष्ट्रपति पौडेल र समकक्षी डा. फरयाङक वाल्टर स्टाइनमेयरबीच औपचारिक भेटवार्ता हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?