पाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

पाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

अर्थ चौतारी

पाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु

A A- A+

काठमाडौँ । पाल्पा र मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमल प्रसाद पन्त रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।गएराति करिब ८ बजेतिर परेको चट्याङले उनलाई लागेको हो। घरमै बसिरहेका बेला चट्याङले लागेको थियो। गम्भीर घाइते पन्तलाई उपचारको लागि जिल्लाको सदरमुकाम तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा राति सवा १० बजे तिर चिकित्सकले मृत घोषणा गरेका श्रेष्ठले बताए। पाल्पा अस्पतालमा शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइएको छ।यस्तै मकवानपुर राक्सिराङ गाउँपालिका २ थुम्की का ४५ को वीरबहादुर प्रजा आफ्नै घरमा सुतिरहेको अबस्थामा अचानक चट्याङ लाग्न गई घाइते भई भएका थिए।उनलाई आज बिहान पौने ८ बजे हेटौडा अस्पताल पुर्‍याइएकोमा  डाक्टरले मृत घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?