नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार राष्ट्र बैंकले हेर्ने

नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार राष्ट्र बैंकले हेर्ने

अर्थ चौतारी

नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो ...

A A- A+

काठमाडौँ । असार १ गतेदेखि नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार तथा साँवा, ब्याज भुक्तानी पनि अर्थ मन्त्रालयले गर्ने भएको छ । यसअघि राष्ट्र बैंकबाटै सार्वजनिक ऋणपत्र तथा बचत पत्र जारी हुँदै आएको यसको जिम्मेवारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सारिएको थियो । सो मध्ये नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको दोस्रो बजारको कारोबार भने अब नेपाल राष्ट्र बैंकले नै हेर्ने भएको हो । २०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको परिपक्क भएको साँवा तथा ब्याज भुक्तानी गरी सोको शोधभर्ना माग गर्न सर्तहरू पालना गर्न समेत अनुरोध गरिएको छ ।

यस्ता छन् सर्तहरू

–२०८१ जेठ ३२ सम्म परिपक्क भएको साँवा तथा ब्याज सम्बन्धित धनीलाई भुक्तानी दिई साविक बमोजिम नै नेपाल राष्ट्र बैंकसँग सोध भर्ना माग गर्ने ।

–२०८१ असार १ देखि परिपक्क भएको साँवा तथा ब्याजको भुक्तानी दिई बचत पत्रको ब्याज भुक्तानी गर्न तयार गरिएको भौचरको कार्यालय प्रति समावेश गरी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सोध भर्ना माग गर्ने ।

–बचत पत्रको नामसारीको लागि कार्यालयको वेबसाइटबाट फाराम डाउनलोड गरी फाराममा उल्लेखित विवरण पेश गर्नुपर्ने ।

–नेपाल राष्ट्र बैंकमार्फत जारी भएका साविकका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचतपत्रलाई ऋण व्यवस्थापन कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस मा डिजिटलाइट गर्ने प्रयोजनार्थ ऋण व्यवस्थापन कार्यालयले विकास गरेको फारम कार्यालयको वेबसाइटबाट डाउनलोड गरी धनीलाई भराई शोधभर्ना गर्ने कागजातसँग पेश गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?