काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले भारतसँग सीमा जोडिएका मधेस प्रदेशमा शान्ति सुरक्षा कमजोर भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।आइतबारको बैठकको सुरुमै अच्युतप्रसाद मैनाली र अशोक कुमार चौधरीले शुक्रबार बेलुका कलैयाको रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको भन्दै सीमा क्षेत्रको सुरक्षामा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । मैनालीले मधेस प्रदेशका सीमा क्षेत्रका बासिन्दा असुरक्षित भएका भन्दै मधेसमा एक दशकअघि जसरी हत्या र हिंसा हुन्थ्यो अहिले त्यस्तै अवस्था हुन थालेको बताए । उनले भारतसँग समेत समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउन आग्रह समेत गरे । त्यसैगरी सांसद चौधरीले एक वर्षको अवधिमा कुशहवाको हत्याको घटना चौथो भएको भन्दै शिक्षण पेसामा लागेका गुरुहरूको दिनदहाडै गोली हानी हत्या भएको बताए । उनले हत्यारालाई कानुनी कठघरामा ल्याउन गृह प्रशासनलाई आग्रह गरे ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच