काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो ।यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो । आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ । गत शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको थियो ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच