सेयर बजार अर्थतन्त्रको ऐना हो : अर्थमन्त्री पौडेल

सेयर बजार अर्थतन्त्रको ऐना हो : अर्थमन्त्री पौडेल

अर्थ चौतारी

सेयर बजार अर्थतन्त्रको ऐना हो : अर्थमन्त्री पौडेल

A A- A+

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । शपथग्रहणपछि आजै पदभार ग्रहण गर्दै पत्रकारसँग प्रतिक्रिया दिने क्रममा शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका हुन् ।अर्थमन्त्री पौडेलले शेयर बजारलाई सुधार गर्नेगरी नीति लिने समेत बताए । अर्थतन्त्रको समग्र क्षेत्रमा समस्या आइरहेको समयमा नयाँ सत्ता गठबन्धनको घोषणा भएसँगै शेयर बजार उकालो लागेको थियो । अर्थमन्त्रालयमा पौडेलको नाम चल्नसाथ २ हजार अङ्क आसपास रहेको परिसूचक २२ सय अङ्कभन्दा माथि पुगेको हो ।पदभार ग्रहण गर्नेक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रको ऐना भएकाले यस क्षेत्रको विकासका लागि कदम चाल्ने बताएका हुन् । पौडेललाई लगानीकर्ताले सेयर बजारमैत्री अर्थमन्त्रीका रूपमा चिन्दै आइरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?