टेलर स्वीफ्टको एडिनबर्ग कन्सर्टले ६ किलोमिटर टाढासम्म भूकम्प

टेलर स्वीफ्टको एडिनबर्ग कन्सर्टले ६ किलोमिटर टाढासम्म भूकम्प

अर्थ चौतारी

टेलर स्वीफ्टको एडिनबर्ग कन्सर्टले ६ किलोमिटर टाढासम्म भूकम्प

A A- A+

एजेन्सी । टेलर स्वीफ्टका हजारौं फ्यानले गत साता स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजित तीन कन्सर्टमा हर्षोल्लास मनाउँदै नाच्दा भुइँचालो मापन गरिएको छ ।भूकम्पसम्बन्धी अनुगमन गर्ने स्टेसनले कन्सर्ट थलोभन्दा ६ किलोमिटर परसम्म भूकम्पीय गतिविधि मापन गरेको बीबीसीले जनाएको छ ।विशेषगरी स्वीफ्टले तीन गीतमा प्रस्तुति दिंदा हर्षोल्लासमा मस्त फ्यान निकै उफ्रिएर नाचे । ती तीन गीतमा ‘क्रुएल समर’, ‘रेडी फर इट’ र ‘स्याम्पेन प्रोबल्म्स’ छन् ।स्वीफ्टको उक्त कन्सर्टमा ७३ हजारको भीड थियो । ती तीन गीगमा सबैभन्दा बढी भूकम्प गतिविधिको मापन गरिएको उल्लेख छ । स्वीफ्टको लागि एडिनबर्गको यो कन्सर्ट उनको बेलायत टुरको १७ औं कार्यक्रम हुनेछ, जुन आफैंमा उल्लेखनीय पनि हो ।शुक्रबार रातिको सो कन्सर्ट केही मात्राले शक्तिशाली महसुस गरियो । फ्यानको भीडले उक्त कन्सर्टको मैदानलाई २३.४ न्युटन मिटरले हलचल गराएको विवरणमा उल्लेख छ ।शुक्रबार २२.८ न्युटन मिटर र आइतबार २३.३ न्युटन मिटरको हलचल मापन गरिएको बीबीसीले उल्लेख गरेको छ । मुख्यत: नाचको कारणले उक्त भूकम्पीय गतिविधि भएको र ‘रेडी फर इट’ गीतको प्रस्तुति दिंदा मात्रा बढेर १६० बीपीएम पुगेको समेत समाचारमा उल्लेख छ ।आफूलाई स्वीफ्टी भन्न रुचाउने फ्यानले उक्त गीतको प्रस्तुति दिंदा ८० किलोवाट शक्ति ऊर्जा सिर्जना भएको र त्यो ऊर्जा ६ हजार कारको ब्याट्री बराबर भएको जनाइएको छ ।सियाटल र लस एन्जलसमा भएका स्वीफ्टका अघिल्ला कन्सर्टमा समेत यस्ता घटनाको महसुस गरिएको थियो । उनको सियाटल गिगमा २.३ म्याग्निच्युडको भूकम्प बराबरको गतिविधि मापन गरिएको थियो ।ब्रिटिश जियोलोजिकल सर्भे बेलायतको राष्ट्रिय भूकम्प अनुगमन एजेन्सी हो र यसको डिटेक्टरले माइल टाढाको सबैभन्दा सानो भूकम्पीय गतिविधि समेत पत्ता लगाउन सक्ने मानिन्छ ।बेलायती भूकम्पविद् कलम ह्यारिसनले भने, ‘यो अचम्मको कुरा हो कि हामीले हाम्रो डेटामार्फत हजारौं कन्सर्ट दर्शकको प्रतिक्रिया मापन गर्न सक्षम भएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?