फेदीखोलाले रोक्यो शैक्षिक सत्रको बीचमा हुने सरुवा

फेदीखोलाले रोक्यो शैक्षिक सत्रको बीचमा हुने सरुवा

अर्थ चौतारी

फेदीखोलाले रोक्यो शैक्षिक सत्रको बीचमा हुने सरुवा

A A- A+

काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा शिक्षकहरुको अन्तर पालिका सरुवामा सहमति नदिने भएको छ ।शैक्षिक सत्रको बीचमा हुने शिक्षक सरुवा तथा पदपूर्तिका कारण शैक्षिक गुणस्तरमा प्रभाव पर्ने भन्दै पालिकाले अन्य पालिकामा सरुवा भई जान शिक्षकलाई सहमति नदिने सूचना जारी गरेको छ ।‘शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजाबारे विश्लेषण गर्दा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने शिक्षक सरुवा र पदपूर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको ठम्याइ हुन जाँदा हाललाई अर्को व्यवस्था वा निर्णय नहुदाँसम्म फेदीखोला गाउँपालिकादेखि अन्यत्र स्थानीय तहमा सरुवा भइ जानलाई सहमति नदिइने…’, पालिकाको सूचनामा भनिएको छ ।शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ लागु भएदेखि गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा धेरै शिक्षकले सरुवा माग गर्दै निवेदन दिएका छन् । त्यही बेला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा सरुवा नदिने सूचना जारी गरेको हो ।संविधान र गाउँपालिकाको शिक्षा ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरेर शैक्षिक सत्रको बीचमा शिक्षक सरुवामा सहमति नदिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जनाएका छन् ।१४ जेठमा शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ ले ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्लान्तर सरुवा फुकुवा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?