भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने

भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने

अर्थ चौतारी

भारतमा १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू ...

A A- A+

नयाँदिल्ली । नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टिका लागि भारतको १८ औँ लोकसभाको पहिलो सत्र जुन २४ देखि सुरू हुने र जुलाई ३ मा समापन हुने केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले बुधबार बताएका छन् । राज्यसभाको २६४ औँ सत्र पनि जुन २७ देखि सुरु भएर जुलाई–३ मा समापन हुने उनले बताए । नवनिर्वाचित सदस्यहरूको शपथ र पुष्टि, अध्यक्षको निर्वाचन, राष्ट्रपतिको सम्बोधन र त्यसमाथि छलफलका लागि १८औँ लोकसभाको पहिलो सत्र सन् २०२४ जुन २४ देखि जुलाई ३ सम्मका लागि बोलाइएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले जुन २७ मा लोकसभा र राज्यसभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?