काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट चल्न थालेको छ ।१२ वैशाखदेखि परीक्षणका रुपमा सञ्चालनमा आएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरे मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।कर्णाली प्रदेशलाई जहिले पनि दुःख र अप्ठ्यारोको पर्यायवाचीका रूपमा लिने गरिएको उल्लेख गर्दै उनले यो सोच बदल्न जरुरी रहेको बताए । यसका लागि पर्यटन क्षेत्रको विकास सबैभन्दा उपयुक्त विकल्प भएको उनको भनाइ छ ।उनले यसप्रकारको पर्यटनले सम्बन्धित गन्तव्यमा आर्थिक गतिविधि बढ्नुका साथै राजगारी सिर्जना हुने र विदेश जाने युवालाई स्वदेशमै रोक्न सकिने धारणा राखे ।सो अवसरमा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको बताइन् ।उनले विगतमा दैनिक मुस्किलले दुई हजार रुपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रुपैयाँसम्म राजस्व संकलन भइरहेको जानकारी दिइन् ।

बुलबुले ताल क्षेत्र प्रवेशका लागि नगरपालिकाले प्रतिव्यक्ति २५ रुपैयाँ लिँदै आएको छ । प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरापालिकाले वार्षिक ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने अवस्था आएको समेत उल्लेख गरिन् ।मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताए ।‘मोटरबोट सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारबाट राम्रो सहयोग प्राप्त भएको छ । मोटरबोट चढ्नका लागि जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक यहाँ आउनुभएको छ,’ उनले भने ।उनका अनुसार गत १२ वैशाख यता ३० हजारभन्दा बढीले मोटरबोटको अनुभव लिइसकेका छन् ।बोटेबोरा कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो । मृत अवस्थामा रहेको बुलबुले ताललाई कम्पनीले आफ्नै लगानीमा सफा गरेर मोटरबोट सञ्चालन गरेको जनाएको छ ।कम्पनीका अनुसार ताल सफा गर्न हालसम्म आठ सय २० जना व्यक्ति खटिइसकेका छन् । कम्पनीले यसका लागि मात्रै २५ लाख रुपैयाँ लगानी भइसकेको जनाएको छ ।तालमा रहेको फोहोर सफा गरेपछि अहिले पानीको सतह केही कम भएको छ । तालमा पर्याप्त पानीको व्यवस्थाका लागि प्रयास जारी रहेको कम्पनीले जनाएको छ ।हाल कम्पनीले दुई वटा १० सिटे र एउटा आठ सिटे गरी तीन वटा मोटरबोट सञ्चालन गर्दै आएको छ ।कम्पनीका अनुसार मोटरबोट चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ बच्चा साथमा भएमा दुई सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच