बोक्सी भन्दै महिलामाथि कुटपिट

बोक्सी भन्दै महिलामाथि कुटपिट

अर्थ चौतारी

बोक्सी भन्दै महिलामाथि कुटपिट

A A- A+

जनकपुरधाम । महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ । महोत्तरीको भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहले बाक्सी आरोपमा आफूमाथि कुटपिट भएको दाबी गरेकी हुन् ।कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ । गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपिट गरेको घाइते जगतारनले बताइन् ।कुटपिट गर्ने राजेशको आफन्तका दुई महिनाअघि दुई महिने शिशुको मृत्यु भएको थियो । त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित  जगतारनको आरोप छ  । जगतारको पति वैदेशिक रोजगारीमा छन् ।यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारनमाथि समान्य विवादमा कुटपिट भएको बताए । तर बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ ।उनले पीडित सम्पर्कमा आए सोही अनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?