फुटबलको सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर, ३८ प्रतिशतसम्म छुट

फुटबलको सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर, ३८ प्रतिशतसम्म छुट

अर्थ चौतारी

फुटबलको सिजनमा सामसङ टिभी खरिद गर्दा विशेष अफर, ३८ ...

A A- A+

सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ। फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८% सम्मको छुट प्रदान गर्ने घोषणा गरेको छ । साथै यस अफरमा चयन गरिएका ठुलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने छन् ।  अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५०% सम्म क्यासब्याकको अफर पनि उपलब्ध रहेको सामसङले जनाएको छ ।  क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै ग्राहकहरुले फुटबल सिजनको अविश्वमरणीय मज्जा लिने कम्पनीको विश्वास छ । फुटबल अन्तरगत शुक्रबारदेखि युरोकप सुरु हुँदैछ । यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि ०% ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन् । यस विशेष सेवाको लाभ लिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ। ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई  अर्कोस्टोर डटकममार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ ।निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।  यो योजना असार ३१, २०८१ सम्म लागु रहने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?