५४ औं दिनमा सुदूरपश्चिममा सरकार विस्तार, मन्त्रालयभन्दा बढि मन्त्री नियुक्त

५४ औं दिनमा सुदूरपश्चिममा सरकार विस्तार, मन्त्रालयभन्दा बढि मन्त्री नियुक्त

अर्थ चौतारी

५४ औं दिनमा सुदूरपश्चिममा सरकार विस्तार, मन्त्रालयभन्दा बढि मन्त्री ...

A A- A+

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले ५४ दिनपछि सोमबार सरकारलाई पूर्णता दिएपनि मन्त्रीहरुलाई जिम्मेवारी दिन सकेन । मन्त्रालयको संख्या भन्दा बढि मन्त्री नियुक्त भएपछि सोडारीलाई जिम्मेवारी बाँडफाँड गर्न सकस भएको छ ।मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री नियुक्त गरेपनि अन्य पाँच जनालाई बिना बिभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गराए ।एमालेका वीरबहादुर थापा र हीरा सार्की, माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तले विना विभागीय मन्त्रीका रुपमा शपथ लिए ।मुख्यमन्त्री सोडारीले एमाले र माओवादीका ३/३ र एकीकृत समाजवादीका एक जनालाई मन्त्री बनाएका हुन् । योसंगै सुदूर पश्चिम प्रदेश सरकार १० सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री नियुक्त भएकै दिन सोडारीले बैशाख  ६ गते नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्री र दुई दिनपछि टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।मन्त्रालय फुटाउने सोचका साथ मुख्यमन्त्री सोडारीले मन्त्रालयको संख्याभन्दा बढि व्यक्तिलाई मन्त्री नियुक्त गरेका हुन् । सुदूर पश्चिममा हाल मुख्यमन्त्री सहित सात वटा मन्त्रालय छन् ।मुख्यमन्त्री सोडारीले नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सरकारको नेतृत्व गरेका सोडारीले नेकपा एमालेले सरकारमा मन्त्री पठाउन नमानेका कारण सरकार विस्तार गर्न सकेका थिएनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?